दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु
नेपालबहस संवाददाता
भदौ १३, २०७७ शनिबार २१:३:५९
१३ भदौ, इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबल्दार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
को १ प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागेकामा उपचारका लागि विराटनगर लगिएको थियो ।
उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार