दैलेखमा रक्तश्रावले सुत्केरीको ज्यान गयो
नेपालबहस संवाददाता
भदौ १३, २०७७ आइतबार ०:३९:२७
१३ भदौ, दैलेख । ठाटीकाँध गाउँपालिकामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उनका जेठाजु टेकबहादुर शाहीले बताए । दरबन्दीका चिकित्सक स्वास्थ्य केन्द्रमा नभएकाले र सदरमुकामबाट सात घण्टाभन्दा बढी समय लाग्ने विकट ठाउँ भएकाले पनि उपचार अभावमा सुत्केरीको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । शाहीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएपछि स्थानीयवासीले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।
स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले व्यवस्थापन गर्दागर्दै आवश्यक सामग्री र चिकित्सक नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसक्ने भइसकेपछि सिफारिस गरिएको बताए । बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार