अन्नपूर्ण खेलमैदान पुनःडिजाइन गरिने
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार १५:२०:३६
१४ भदौ,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छे« माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।
उक्त खेलमैदानमा स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न तयार भएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। उनले युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रहसमेत गरे ।
स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएको स्थानीय सिम्पालीका शिव सुवेदीले बताए ।
उनले भने, “हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।”यता पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जीनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको आज अवलोकन गरेका छन् ।
अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । “प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौँ”, वडाध्यक्ष अधिकारीले भने ।
मैदानको गाउँपालिकाका इञ्जीनियर राजन गौतमले डिजाइन गरेका थिए । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माणकार्य भइरहेको छ । त्सअन्तर्गत बीच भागमा चेञ्जिङरुम तथा कार्यक्रम हल निर्माण जारी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार