बुधबार , असोज १४, २०७७

मन्त्रीको सम्धी मोहबारे बन्यो पहिलो फिल्म ‘सम्धी काण्ड’ 

मन्त्रीको सम्धी मोहबारे बन्यो पहिलो फिल्म ‘सम्धी काण्ड’ 

१४ भदाै, काठमाडाैं । नेपाली राजनीतिको फोहोरी खेल आफ्नालाई मात्र अवसर दिनु हो । पछिल्लो पटक राजनीतिक नियुत्तीको बिषयमा धेरै आलोचना पनि हुने गरेका छन् ।

धेरै ठाउँमा सरकारले ध्यान नदिदा पनि यस्ता खालका प्रश्नहरु आउने गर्छन् । पछिल्लो पटक रक्षा मन्त्री इश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएपछि नाताबाद र कृपाबादका कुराहरु नेपाली राजनितीमा आएका छन् ।

मन्त्रीले यसबारे स्पष्टीकरण नै दिनु परेको थियो की आफ्नो कुनै पनि हात छैन भनेर । यस्ता र यस्तै खाले बिबादहरु नेपाली राजनीतिका लागी नौलो होईन । यस्तै बिषयबस्तु समेटिएको फिल्म ‘सम्धी काण्ड’ आएको छ ।

टीका प्रसाद अम्गाईको निर्देशन तथा सुबास अम्गाई र बिनोद पहारीको अभिनय रहेको फिल्ममा बर्तमान नेपाली राजनीतिको बिवादीत बिषयलाई उठान गरेको छ ।

हेर्नुहोस् सम्धी काण्ड :

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय