नेपालमा थपिए १२ सय २१ संक्रमित
नेपालबहस संवाददाता
भदौ १४, २०७७ आइतबार २२:२२:२०
१४ भदौ, काठमाडौं । नेपालमा थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ३४८ महिला र ८७३ पुरुष गरी १२ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार १२ हजार १७ जनाको पीसीआर परीक्षण गर्दा १२ सय २१ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन्। यससँगै कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ७२२ पुगेको छ।
अहिले क्वारेन्टाइनमा ७ हजार ७९७ जना रहेका छन्। नेपाल संक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २२१ पुगेको छ । हिजो मात्रै एकैदिन २० जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार