काेराेनाले स्वास्थ्य सेवा नै अप्ठ्यारोमा
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:१६:५४
१४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन । आज मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन । तिमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ ।
उनले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आ-आफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे । उनले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताए । एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।
समन्वय गरेर मात्र रिफर गर्न निर्देशन
मन्त्रालयले सङ्क्रमितको रिफर जथाभावी गरिएको पाइएकाले समन्वय गरेर मात्र गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न निजी तथा सामुदायिक अस्पतालले सघन उपचार कक्षमा भएका बिरामी कोभिड–१९ डेडिकेडेट अस्पतालमा रिफर गर्दा समन्वय नगरी रिफर गरिएकाले समन्वय गर्न निर्देशन दिइएको जानकारी दिए ।
“कतिपय अस्पतालले बिरामी रिफर गर्दा कोभिड–१९ डेडिकेडेट अस्पतालमा श्यया भए, नभएको यकिन नगरी त्यहाँका उपचार गर्ने टिमसँग समन्वय नगरी र स्वास्थ्यकर्मी पनि साथमा नपठाइकन त्यतिकै पठाइएको पाइएको छ”, उनले भने, “यसरी समन्वय नगरी पठाइएका बिरामीको ज्यान तलमाथि पर्न गएर रिफर गर्ने अस्पताल नै जिम्मेवारी हुनुपर्ने छ ।” उनले रिफर गर्दा श्यया खाली भए, नभएको एकिन गर्नुपर्ने बताए। यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ ।
नभाग्न आग्रह
क्वारेन्टाइन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सङ्क्रमित भाग्नु खतरा रहेको उनले बताए । उनले आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गरे ।
“अस्पताल,क्वारेन्टाइन र आइसोलेशनमा घरको जस्तो खानपिन र बस्नेको सुविधा पाउँदैनौ, त्यो पक्कै नै हामीलाई सहज हुँदैन, अहिलेको परिस्थिति त्यस्तो ठाउँमा बस्नु वाध्यता हो”, उनले भने, “कुनै व्यक्ति आइसोलेशन, क्वारेन्टाइन र अस्पतालबाट भाग्नु भनेको उनी आफैँ आफ्नो परिवार समाजलाई सङ्क्रमणको जोखिममा राख्नु हो, त्यसैले भाग्नु हुँदैन ।”
उनले सङ्क्रमण फैलन नदिनका लागि सङ्क्रमितका लागि क्वारेन्टाइन, अस्पताल र आइसोलेशन नै एक मात्र एउटा उपाय रहेको उल्लेख गरे । उनले ति ठाउँ भएका सेवा सुविधा सुधार गर्दै जान जिम्मेवार निकायलाई मन्त्रालयले अनुरोध गरिसकेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार