पोर्टल्यान्डमा ट्रम्प समर्थक र विरोधीबीच झडप, १ को मृत्यु
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ५:३६:१६
१४ भदौ, एजेन्सी । संयुक्तराज्य अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्डमा शनिबार अबेर राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक र विरोधीबीच झडप हुँदा एक जना ट्रम्प समर्थकको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रम्प समर्थकको एउटा जुलुसका समर्थक र अश्वेत आन्दोलनकारीका सदस्यबीच पोर्टल्यान्डको सडकमा झडप भएको थियो ।
आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पुनः विजयी गराउन भन्दै करिब ६०० वटा सवारी साधनमा ट्रम्प समर्थकले र्याली निकालेका थिए । तर त्यसको विरोधमा “ब्लाक लाइभ्स म्याटर” नामको अश्वेतहरुको अभियानले सडकमा अवरोध गरेको थियो ।
प्रहरीले साँझ ८.३० बजे ट्रम्पका समर्थकहरुले र्याली समाप्त गरेलगत्तै ८.४६ मा गोली चलेको आवाज आएको जनाएको छ । गोली चलेलगत्तै प्रहरी घटनास्थलमा पुगेको र घाइतेलाई तत्काल उद्धार गरिए पनि बचाउन नसकिएको पनि प्रहरीले बताएको छ । एसोसिएटेड प्रेसका एक फोटोपत्रकारले आफूले तीन राउन्ड गोली चलेको सुनेको बताएका छन् । प्रहरीको चिकित्सा टोलीले घाइतेहरुको उपचार गरेको र तिनीहरु गोरा समुदायका सदस्य रहेको पनि ती पत्रकारले बताएका छन् ।
घाइते गोरा व्यक्तिले लगाएको ह्याटमा प्याट्रिअट प्रेयर लेखिएको पनि ती पत्रकारले जनाएका छन् । यो समूह अतिवादी गोरा समूदायका रुपमा चिनिन्छ । यो समूहका सदस्य र अन्य समुदायबीच बेलाबखत झडप हुने गरेको छ । प्रहरीले मारिएका व्यक्तिको छातीमा गोली लागेको पुष्टि गरेको छ । गोली चलाउने व्यक्तिको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । स्थानीय प्रहरी एवं संघीय निकायहरुले घटनाको सूक्ष्म अध्ययन थालेका छन् ।
मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी कारबाहीमा मृत्यु भएयता तीन महिनाभन्दा बढी समयदेखि पोर्टल्यान्डमा अश्वेत आन्दोलनकारीले साँझपख दिनहुँजसो प्रदर्शनहरु गरिरहेका छन् । यी प्रदर्शनहरु शुरुमा शान्तिपूर्ण रहेपनि रातिपख हिंसात्मक हुने गरेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्कन्सिन राज्यको किनोशामा हिंसा जारी रहेपनि स्थानीय वस्तुस्थिति बुझ्न उक्त शहरको मंगलबार भ्रमण गर्ने भएका छन । निर्दोश देखिएका एक अश्वेत व्यक्ति ज्याकोब ब्लेकमाथि स्थानीय प्रहरीले सात राउन्ड गोली प्रहार गरेपछि किनोशामा हिंसा भड्किएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार