मकवानपुरमा निषेधाज्ञा हट्यो
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार २२:९:५४
१५ भदाै, मकवानपुर । जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४ स्थानीय तहमा लगाएको निषेधाज्ञा मंगलबारबाट हटेको छ । बजार क्षेत्र बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको हो ।
हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा हटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । कमाण्ड पोष्ट बैठकले निषेधाज्ञा हटाएर दिउँसो बजार र यातायात भने बन्द राख्ने निर्णय भएको उनले बताए ।
यही निर्णयपछि थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पनि हटाइने उनले बताए । निषधाज्ञा हटेसँगै हेटौंडाका चोकचोकमा परिचालन गरिएका नेपाली सेना ब्यारेक फर्कनेछन् ।
हालको स्वरुपलाई केही सहज बनाइने प्रजिअ नेपालले बताए। विहान १० बजेसम्म सबै प्रकारका व्यबसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द गरिने भएको छ । दिउँसो केही घण्टा बैंक तथा कार्यालय खुल्न सहज बनाइएको छ ।
बैठकले निषेधाज्ञा हटाउने निर्णय गरे पनि बजार सञ्चालन भने विहान १० बजेसम्म गर्न दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ २५ सम्म लागु हुनेछ । विहान बजार सञ्चालन भए पनि सवारीसाधन भने रोक लगाइने छ । १० बजेबाट ट्रिपर सञ्चालन गर्न पाइने छ भने लोड सवारी साँझ सात बजेपछिमात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टाइन व्यबस्थापन गरेर सञ्चालनमा आउनेछन् । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।
बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी, दुग्धजन्य र औषधिजन्यलगायत अतिआबश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यबसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बैठकले जिल्लाभरका वित्तीय संस्था, बैंकहरु दिनभर सञ्चालन गर्न दिनुका साथै उक्त प्रयोजनका लागि जाने सर्वसाधारणलाई निजी सवारीसाधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वका नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्नलगायत विभिन्न सामग्रीहरु लोड÷अनलोड गर्न बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म समय निर्धारण गरि
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
विश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार