काठमाडौं जिल्ला छाप भञ्ज्याङका ६५ घर पहिरोको उच्च जोखिममा
नेपालबहस संवाददाता
भदौ १५, २०७७ सोमबार २३:३१:१५
१५ भदौ, काठमाडौं । काठमाडौं जिल्लाको छाप भञ्ज्याङका ६५ घर पहिरोको उच्च जोखिममा परेको छ । काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिका–१ मा अविरल वर्षाका कारण केही दिनअघिदेखि निरन्तर खसेको पहिरोले छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो ।
स्थानीय गोपाल ढकालका अनुसार–पाँगो माटो भएको ५० रोपनी जग्गा तल भासिँदै गएकाले बस्ती जोखिममा परेको हो । यसैगरी सहायक राजमार्गका रुपमा रहेको सडकखण्ड पनि तीन फिट भासिएको छ । समयमै पहिरो रोकथाम तथा सडकको मर्मत गर्न उनले आग्रह गरेका छन् । तत्काल रोकथामको पहल नगर्ने हो र सडकको अवस्थाको सुधार नगर्ने हो भने त्यहाँका स्थानीयले यातायात सञ्चालनसमेत गर्न नपाउने तथा सडकसँगको सम्बन्ध नै टुट्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
पहिरोले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सिमानामा रहेको दुर्गम बस्ती केराबारी जाने बाटोसमेत भासिएको छ । उक्त सडकखण्डमा अहिले मोटरसाइकलसमेत जानसक्ने अवस्था छैन । स्थानीय तहको उपभोक्ता समितिले विनाप्राविधिक आफूखुशी स्काभेटरको प्रयोग गरी जथाभावी सडक खनेका कारणले पनि समस्या आएको बताइएको छ ।
शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा हुँदै सिन्धुपाल्चोक मेलम्ची जोड्ने सडकखण्डको अवस्था पनि निकै दयनीय छ । स्थानीय सरकारको बेवास्थाका कारण सो सडकखण्डको अहिलेसम्म उचित मर्मत हुन सकेको छैन । साना तथा ठूला सवारीसाधन गरी दिनहुँ सयौँ सङ्ख्यामा गुड्ने सवारीसाधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ ।
बस्ती र सडक जोखिममा परेको गुनासो पछि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ उक्त क्षेत्रमा अनुगमनका लागि पुगेका थिए । उनले स्थलगत निरीक्षणपछि उक्त बस्तीकोे भू–बनोट हेर्दा भूगर्वविद् ल्याएर अध्ययन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । भूक्षय नियन्त्रण तथा पहिरो रोकथामका लागि तत्काल समन्वयन गरी थप क्षति हुन नदिन पहल गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार