नाग्मा पहिरो : कांग्रेसद्वारा दुःख व्यक्त
नेपालबहस संवाददाता
भदौ १५, २०७७ मंगलबार ०:१४:४४
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए ।
कांग्रेसले आज प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाएका सम्पूर्णमा श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
यसैगरी कांग्रेसले कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का पार्टीका क्षेत्रीय सभापति एवं बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । सिंहको आइतबार भैरहवा अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज शोक विज्ञप्तिमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। सिंहले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
साथै सोही जिल्लाको मायादेवी गाउँपालिका–२ का पार्टीका सभापति मोहनीहासन मुसलमानको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । मुसलमानको आइतबार भारतको गोरखपुरमा उपचारका क्रममा ६५ वर्षका उमेरमा निधन भएको हो । मुसलमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
यसैगरी कांग्रेसले पार्टीको पाल्पा—काठमाडौं सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमानन्द बस्यालका पिता चोपलालको निधनप्रति दुःख व्यक्त गरेको छ । चोपलालको आइतबार समिट अस्पताल, लोकन्थलीमा उपचारका क्रममा ७७ वर्षका उमेरमा निधन भएको हो । बस्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार