उचित मूल्य नपाएपछि चिया किसान आन्दोलित
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १७:९:२७
१६ भदौ, मङ्गलबारे । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् ।
सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन् ।
यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो रु ४० मूल्य निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल रु २० देखि ३० मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी ‘ज्ञानी’ले बताए ।
एक किलो चिया उत्पादनमा किसानको रु ३७.५ खर्च हुने गरे पनि वर्षकै शुरुमा उत्पादन भएको चियाको मूल्य रु २० दिन खोजेकाले किसान मारमा परेको उनको भनाइ छ ।
किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन् । अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार
सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा
बैशाख ७, २०८१ शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार