अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा
नेपालबहस संवाददाता
भदौ १६, २०७७ मंगलबार १९:५६:१२
१६ भदौ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् ।
उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताए ।पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “अस्ट्राजेनिकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । अरु पनि खोपहरु अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा मानिसले नसोचेको रुपमा हामीले काम गरिरहेका छौं ।”
उनले यो प्रक्रियालाई वर्षौं लाग्न सक्थ्यो भन्दै आफ्नो प्रशासनले केही महिनाभित्रैमा सफलता हासिल गर्न सकेको दाबी गरे ।बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ८० स्थानमा करिब ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।
अस्ट्राजेनिकाले एक व्यक्तव्य जारी गर्दै संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइनेछ ।
अस्ट्राजेनिकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाएको छ ।अस्ट्राजेनिका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ । तेस्रो चरणको खोप परीक्षणका क्रममा रहेका अन्य कम्पनीहरुमा अमेरिकाका मोडर्ना र पिफाइजर रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार