बिहिबार , माघ १५, २०७७

बैंक अफ काठमाण्डूको शेयर लिलाम तत्कालका लागि रोकियो

बैंक अफ काठमाण्डूको शेयर लिलाम तत्कालका लागि रोकियो

१६ भदौ, काठमाडौं । बैक अफ काठमाण्डौंको संस्थापक शेयर लिलामी प्रक्रिया तत्कालको लागि स्थगित भएको छ। कोरोनाको सङ्क्रमण बढ्दै गएको र निषेधाज्ञा भएको भन्दै लिलामी प्रक्रिया रोकेको जनाइएको छ ।

सोमबार बैंकले एक सुचना जारी गरी सहज वातावरण भएपछि पुनः प्रक्रिया अघि बढाउने जनाएको छ । बैकले तीन लाख १६ हजार एक सय ५६ कित्ता संस्थापक शेयर भदौ १ गतेदेखि लिलामीमा राखेको थियो। तर सरकारले निषेधाज्ञा जारी गरेपछि उसले उक्त समय बढाएर भदौ १५ गते सम्म पुर्‍याएको थियो। बढाइएको समयसम्म पनि निषेधाज्ञा कायमै रहेपछि उसले बोलकबोल प्रक्रिया स्थगन गरेको हो।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय