नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १५:१९:४६
१७ भदौ, नुवाकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मंगलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
बैठकले जिल्लामा रहेको कलकारखाना स्थानीय जनशक्ति प्रयोग गरी, भौतिक दूरी कायम गरी, स्वास्थ्य मापदण्ड पूरा गरेर कामदारलाई बाहिरको व्यक्तिसँग सम्पर्क हुन नदिई खाना र बासको छुट्टै व्यवस्था गरी सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।
बैठकले जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गर्ने, एम्बुलेन्स, शवबाहन, तरकारी, कुखुरा र चल्ला बोक्ने गाडीबाहेक निजी सवारी साधन मोटरसाइकलसमेत प्रवेश गर्न नदिने र पैदल पनि प्रवेश गर्न पूर्ण रोक लगाउने निर्णय गरेको छ । जिल्लामा हालसम्म ८९ सङ्क्रमित भएकामा ७१ जना निको भई घर फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार