कोरोनाको असर बालबालिकामा बढी
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १६:११:३५
१७ भदौ, नेपालगञ्ज । कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोर किशोरीहरुमा समेत परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना तयसमेत भइसकेको अवस्थामा कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनले अप्ठेरोमा पारेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजना कोरोना महामारीका कारण कार्यान्वयनमा ल्याउन नसकिएको समन्वय एकाइ बाँकेका प्रमुख रामसुरत यादवले बताए ।
करिब १२ हजार बालबालिका र किशोरकिशोरी विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको सो कार्ययोजना महामारीको अवस्थालाई आँकलन गरी कार्यान्वयमा ल्याइने जनाइएको छ ।
उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको छ । खेल्दै सिक्ने केन्द्रलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ ।
श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढन र खेल्न पाउने व्यवस्था मिलाइएको छ । यद्यपि कोरोना महामारीका कारणका अहिले उनीहरुको पहुँच त्यहाँ पुग्न सकेको छैन ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालनमा ल्याइएको साझेदार संस्था बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधरले बताए ।
केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीलाई विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने अनौपचारिक पाठ्यक्रम निर्माण गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार