निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १६:४८:२
१७ भदौ, बुटवल । कोरोना महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञा गरेर व्यापार ठप्प पारेपछि व्यवसायी सरकारप्रति आक्रोशित भएका छन् । उद्योग व्यापार संगठन रुपन्देहीले अ विज्ञप्ति निकालेर अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको छ ।
लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिने संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताएका छन् ।
यसअघि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन भदौ २० गतेसम्म लम्ब्याउने सिफारिस गर्ने विषयमा प्रशासनले ‘अन्तिम पटक’का लागि भनेर अनुरोध गरेकाले निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएको हुँदा अब गरिने लकडाउन स्वीकार्य नभएको अध्यक्ष भण्डारीको भनाई छ ।
‘भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं ’ संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संगठनमा भैरहवामा २५ सय र जिल्लाभर ५ हजार उद्योगी–व्यवसायी आवद्ध छन् । सरकारले प्रभावकारी काम गर्न छाडेर लकडाउन र निषेधाज्ञा मात्रै जारी गर्दा व्यापार व्यवसाय भने चौपट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकीको प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
दाङमा आगलागीबाट एकको मृत्यु
बैशाख ७, २०८१ शुक्रबार