सप्तरीमा एकै परिवारका सातसहित १० जनामा कोरोना
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार १९:५३:३८
◊ धीरुभाइ
१७ भदौ सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिकामा बुधबार एकै परिवारका सात जनासहित गरी १० जनामा कोरोना संक्रमण भेटिएको छ । थप भएको संक्रमित मध्ये दुई जना महिला छन ।
कञ्चनरुप नगरपालिका वार्ड नम्बर ६ मा सात, वार्ड नम्बर २ का तीन जना गरी १० जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिए ।
वार्ड नम्बर ६ का ६२, ३६, १३, १२, १०, वर्षीय पुरुष र ६२, ३० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको उनले उनीहरु सबै जना एकै परिवारको भएको बताए । त्यस्तै वार्ड नम्बर का २५, २१ वर्षीय पुरुष पनि एकै परिवारका रहेका छन ।
वार्ड नम्बर २ कै ३६ वर्षीय पुरुष उनीहरुकै छिमेकीको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले कञ्चनरुपको ६६ जनाको सार्वजनिक गरेको रिपोर्टमा ५६ जनाको नेगेटिभ रहेको छ । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कञ्चनरुप नगरपालिकाका स्वास्थ्य सह संयोजक डम्बर गुप्ताले स्वास्थ्य कर्मी तथा सुरक्षाकर्मीको निगरानीमा नम्बर ६ का ७ जनालाई होम आइसोलेसनमा राख्ने, दुई जनालाई वार्ड नम्बर ११ स्थित दुर्गा आधाभुत विद्यालयको आइसोलेसनमा राखिने तयारी भइरहेका बताए । अर्को एक जनालाई राजविराज आइसोलेसनमा पठाइएको बताए ।
नगरपालिकाको वार्ड ६ को स्वास्थ्य संस्था नजिक रहेको दास टोलमा ठूलो संख्यामा संक्रमित देखिएपछि टोल सिल गर्ने निर्णय भएको नगर प्रमुख बसन्तकुमार मिश्रले जानकारी दिए । अहिलेसम्म कञ्चनरुपमा २३ जनामा नौ जना उपचारपछि घर फर्किएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा एक जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
यता जिल्लामा यससँगै संक्रमितको संख्या १२७ महिला र ६९१ गरी १ पुगेको छ । तीमध्य ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । हाल आइसोलेसनमा २०७ जना उपचाररत रहेको छन भने छ जना संक्रमतिको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार