जनता खाद्य सङ्कटमा जहाज मदिरा ढुवानीमा
नेपालबहस संवाददाता
भदौ १७, २०७७ बुधबार २२:५:१०
१७ भदौ, मार्तडी । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन ।
खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भएपनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ ।कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन÷चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए ।
सङ्कटको यो बेलामा मदिरा नआउनुपर्ने हो तर, नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको उनको भनाइ छ ।प्रतिकेजी रु ७५ देखि एक सयसम्म तिरेर व्यापारीले जहाजमार्फत मदिरालगायत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेशन प्रमुख विनोदकुमार सिंहले बताए । नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको छ ।
यहाँ आएको मदिरालगायतका सामग्री विशेषगरी पूर्वीउत्तरी भेगको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाको स्थानीय बजारमा जाने गरेको उनले बताए । कोल्टी बजारमा मदिरा पसल गरिरहेका मङ्गल थापाले गाडीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताए ।
यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । मदिरा भने जताततै पाइने गरेको बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए। नगरपालिकाले पटक–पटक मदिरा जहाजमा नल्याउन भनेको भएपनि निजी जहाजले नेपालगञ्ज सुर्खेतबाट मदिरा ल्याउने गरेको उनको भनाइ छ । यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा पनि अहिलेसम्म मदिरा ढुवानी नरोकिएको उनको भनाइ छ ।
नागरिक उडड्यन कार्यालय कोल्टीका अनुसार एक महिनामा यहाँ एक सय ६० उडान भएका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ । ती उडानबाट ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको र तीमध्ये धेरै मदिरा रहेको कार्यालयको दाबी छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मदिरा ढुवानीलाई निरुत्साहित गर्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार