कोरोना कहरमै शुरु भयो रथयात्रा
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार १९:५:२०
१८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु भएको छ । बिहीबार ललितपुरका स्थानीय युवाहरुले रथ तान्न शुरु गरेका हुन् । असोज २ गतेदेखि मलमास सुरु हुने र रथयात्रा अनिश्चित हुने भन्दै कोरोनालाई बेवास्ता गर्दै युवाहरुले रथ तान्न शुरु गरेका हुन् ।
यद्यपी युवाहरुले कोरोना मापदण्डको ख्याल गरेर रथ तान्न शुरु गरिएको बताएका छन् । रथ तान्न शुरु गरेपछि युवाहरुको भीड लागेको छ । पुल्चोक क्षेत्रमा ठूलै भीड समेत देखिन्छ । यसअघि विहान रथ तान्न पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन समेत गरेका थिए ।
प्रदर्शनकै क्रममा प्रहरीले अवरोध गरेपछि युवाहरुले विरोधकै झोकमा रथ तान्न शुरु गरेका हुन् । तर यसबारेमा गुठी संस्थानले भने आधिकारिक निर्णय गरेको छैन् । गएको असार १० गतेदेखि निर्माण सुरु भएको रथमा मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको छ । तर कोरोनाको कारण अहिलेसम्म रथयात्रा हुन सकेको थिएन् ।
यस विषयमा छलफल गर्न गुठी संस्थान ललितपुरको बैठक बस्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार