देशमा सरकार छ कि लुटको राज्य ? : अध्यक्ष लोहनी
नेपालबहस संवाददाता
भदौ १८, २०७७ बिहिबार २०:३६:२९
१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताले कोरोना कहरका बीचमा अनेकौं समस्या झेलिरहेका बेला सरकारले बेवास्ता गरेको बताएका छन् । जनता भौके रहेको, काम नपाएर फेरि कोरोना कहरबीचमा भारत जान लागेकाे वास्तविकता थाहा पाएर पनि बेवास्ता गरेको भन्दै सरकारको विरोध गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै राप्रपा अध्यक्ष लोहनीले देशमा सरकार छ कि लुटको राज्य ? भनेर प्रश्न समेत गरेका छन् । ‘काठमाडौँमा जतिसुकै बेसरपानी पिएपनि कोभिड संक्रमण बढ्दै छ, काठमाडौँमा बन्देज कायमै छ । तर नेपालका गरिब किसानहरु केही केजी मलको लागि भीडमभिड गरेर लाममा घण्टौँ बस्न बाध्य छन्’ लोहनीले फेसबुकमा लेखेका छन् ।
जनता मल पाउनका लागि घण्टौ लाइनमा बस्दा कोरोनाको उच्च जोखिममा परेपनि सरकार सरकार कसलाई अर्थमन्त्री बनाउने भन्ने धाउन्नमा रहेको भन्दै आपत्ति जनाएका छन् । ‘कोभिडको महामारी भारतमा झन बढी छ । तर सुदूर पश्चिमाञ्चलबाट हजारौँ युवाहरु कोरोना पीडित भारतमा जाँदै गरेको तस्बिर आएका छन् । यो भन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरी देश भित्रै बस्ने वातावरण किन बनाउन नसकेको ? के यो देशमा सरकार छ कि लुट को राज्य छ ?
साथै राप्रपा अध्यक्ष लोहनीले भ्रष्टाचार गर्न हतारहतार रेल बनाउने ठेक्का लगाइएको पनि बताएका छन् । ‘एकातिर पैसाको अभाव भनिन्छ भने अर्कोतिर मुआब्जासम्म वितरण नगरी कानुन विपरित ३० अर्बको रेल बनाउने ठेक्का मिलोमतोमा बाडिन लाग्यो । तर सरकार मौन छ । हरियो मकै बारीमा पसेको साँढे जसले जे गरेपनि मकै खान नछोड्ने जस्तो सरकारको चरित्र छ’ लोहनीले फेसबुकमा भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार