सोमबार , अषोज ५, २०७७

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी

१८ भदाै, काठमाडाैं  । जीवन बीमा कम्पनीहरू मध्य सधैं १ नम्बरमा रहँदै आएकाे नेपाल लाईफ इन्स्योरेन्स नेपालकै सबै भन्दा धेरै प्रिमियम संकलन गर्ने जीवन बीमा कम्पनी हो । कम्पनीले आक्रामक रुपमा प्रिमियम संकलन गरेर अरू जीवन बीमा कम्पनीहरूलाई सधैं उछिने पनि कम्पनीले बीमकहरूलाई अर्बौ रुपैयाँ  दावी भुक्तानी भने गर्न बाँकी देखिएकाे  छ ।

कम्पनी आफैले सार्वजनिक गरेकाे आर्थिक वर्ष ०७६/७७ को वित्तीय विवरण अनुसार नेपाल लाईफ इन्स्योरेन्सले १ अर्ब ६१ करोड रुपैयाँ बीमकहरूलाई भुक्तानी गर्न बाँकी छ । जीवन बीमा कम्पनी मध्ये सबै धेरै भुक्तानी हुन बाँकी दावी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।

सञ्चालकहरु:-

nepallife

फेरी कम्पनीले एक वर्षको अवधिमा भुक्तानी हुन बाँकी दावी रकम घटाँउदै गएको पनि होइन । अघिल्लाे आ.व. ०७५/७६ मा १ अर्ब १५ करोड भुक्नाती हुन बाँकी दावी रकम थियो । १ वर्षको अवधिमा सो रकम करिब ४० प्रतिशतले वृद्धि भएको हाे ।

नयाँ जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानी निकै सबल रहेका छन् । कतिपय बीमा कम्पनीहरूकाे विवरणा हेर्दा भुक्तानी हुन बाँकी रकम नै देखिदैन् । यसको अर्थ उनीहरुले कम्पनीमा आएको दावी भुक्तानी शतप्रतिशत गरेका छन् । फेरी पुराना बीमा कम्पनी जस्तै सूर्या लाईफ, गुराँस लाईफहरु, प्राईम लाईफमा पनि भुक्तानी हुन बाँकी दावी रकम निकै कम रहेको छ ।

उच्चतहका कर्मचारीहरु:

यसरी दावी भुक्तानीमा अर्बौ रुपैयाँ देखिनु पक्कै पनि नेपाल लाईफ इन्स्योरेन्सको लागि  मात्र हाेइन तमाम बीमितहरूका लागि पनि राम्रो कुरा होइन । यसको एउटा कारण भनेको भुक्तानी प्रक्रिया ढिलो गरेर सो रकम बराबरको व्याज खाने वा अर्को कारण भनेको व्यापार वृद्धि गर्ने नाममा अन्धाधुन्ध जीवन बीमा गराउँदा समस्या आएको हुनसक्छ ।

नयाँ जीवन बीमा कम्पनीहरुले शतप्रतिशत भुक्तानी गरेको तथ्याङ्क आउँदा निकट भविष्यमा नेपाल लाईफलाई भने केही अप्ठेरो पर्नसक्ने छ । खासगरि बीमितहरूले यस कम्पनीमा बीमा गराउँदा सहज भएपनि दावी भुक्तानी लिदाँ निकै सास्ती व्यर्हाेनु पर्ने देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले