सेना, प्रहरी र सशस्त्रको तलब भत्ता रोकियो
नेपालबहस संवाददाता
भदौ १८, २०७७ शुक्रबार १:३५:२५
१८ भदौ, काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीको तलब रोकिएको छ । महामारी शुरु भएदेखि नै ज्यान फालेर काम गरेका सुरक्षाकर्मीको भत्ता नआएको चार महिनापछि तलब पनि रोकिएको हो ।
सरकारकै प्राविधिक कमजोरीका कारण सुरक्षाकर्मीले तलब पाउन नसकेका हुन् । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री हुन नसक्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको जनाइएको छ ।
भदौ महिना सकिन लाग्दा पनि सुरक्षाकर्मीले साउनकै तलब पाउन सकेका छैनन् । तीन संगठनका सुरक्षाकर्मीको तलब रोकिएपछि काम गर्न जाँगर मरेको उच्च अधिकारीहरुको भनाई छ । भत्ताँ दिने भनेको सरकारले तलब समेत नदिएपछि केही सुरक्षाकर्मी आक्रोशित बनेका छन् ।
नयाँ सफ्टवेरमा डाटा इन्ट्रि गर्न समय लाग्ने भएपछि तलब रोकिएको दाबी छ । भत्ता दिने भनेर सबैभन्दा बढी जोखिममा रहेका प्रहरी काममा खटिएपनि भत्ता पाउन सकेका छैनन् । कतिपय सुरक्षाकर्मी आफैले आफ्नै पैसामा पीसीआर परीक्षण गर्नुपरेको छ ।
सरकारले चार महिनाअघि कोरोना भाइरसको महामारीमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । पीपीई लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइन राख्ने व्यक्तिलाई समातेर ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।
यस्तै संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको थियो । लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनिएको थियो ।
तर अहिले पनि भत्ता नदिएपछि सुरक्षाकर्मी निराश छन् । त्यसमाथि अहिले सयौ प्रहरी, केही सेना र सशस्त्र नै संक्रमित हुँदा पनि सरकारबाट पाउनुपर्ने उचित सेवा, सुविधा र हौसला पाउन सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार