सडकमा २४ सै घण्टा उभिने साँच्चैका ट्राफिक हुन् त ?
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार १४:३८:२०
१९ भदौ, ललितपुर । कोरोना भाइरस महामारीका कारण सरकारले रोकथाम तथा नियन्त्रणका लागी निषेधाज्ञा लागु गरेको छ । काठमाडौं उपत्यकासहित सँगैका जिल्ला भक्तपुर र ललितपुरमा पनि निषेधाज्ञा लागु गरिएको छ ।
तर यहि निषेधाज्ञा लागु भएको समयामा चाहे बिहान होस चाहे दिउँसो वा साँझ यात रातीको समयमा काठमाडौंमा यात्रा गर्नु भएको छ ? यदि छ भने तपाईले याद गर्नुभएको छ ? सडकका मुख्य चोकमा हातमा सूचनामूलक प्लेकार्ड बोकेका ट्राफिक २४ सै घण्टा उभिइरहन्छन् । चर्को घाम र दर्के झरीको बेवास्ता नगरी उभिने ती साँच्चैका ट्राफिक हैनन्, डमी हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि सडकमा डमी ट्राफिक प्रहरी राखेको छ ।सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गरी सडक दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी ‘डमी’ बनाएर राखेको हो ।
डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा पाँचसयदेखि १० हजारसम्म जरिवना हुने जानकारी लेखिएको बोर्ड पनि छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरीजस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने छ ।
उक्त ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौं महानगरपालिकासँग सहकार्य गरी राखेको महाशाखाले जनाएको छ । ती डमीहरू सिंहदरबार, माइतीघर, नयाँबानेश्वर चोक, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, लगायतका सडकका मुख्य चाेहमा राखिएका छन् ।
यित मात्र हाेइन महाशाखाले काठमाडौं उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ ।
उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोनाविरूद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिडौँ, अनावश्यक हिडडुल नगरौँ, ट्राफिक नियमको पालनालगायतका सन्देशहरू बोर्डमा लेखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार