अब को बन्ला नयाँ अर्थमन्त्री ?
नेपालबहस संवाददाता
भदौ १९, २०७७ शुक्रबार २१:३७:४९
१९ भदौ, काठमाडौं । अढाई वर्षे कार्यकाल सकेर भूतपूर्व हुँदै अर्थमन्त्री डा. युवराज खतिवडा आजबाट पदमुक्त भएका छन् । उनले आजै बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतमको नाम सिफारिश गरेलगत्तै डा. खतिवडाले राजीनामा पत्र बेलुकीसम्म दिने जनाएर हिडेका छन्।
खतिवडाको बहिर्गमनपछि अब नयाँ अर्थमन्त्री को बन्ला ? धेरैको जिज्ञाशा छ । राष्ट्रियसभा प्रवेशसँगै बामदेवको नाम नयाँ अर्थमन्त्रीका रुपमा चर्चामा आएको छ । उनी आफैंले पनि प्रधानमन्त्री केपी ओलीसँग अर्थमन्त्रालयको जिम्मेवारी मागिसकेका छन् । साथै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पनि बामदेवको प्रस्तावमा सहमत छन् । तर प्रधानमन्त्री ओली भने अर्थमन्त्रलायको जिम्मेवारी गौतमलाई दिन चाहँदैनन् ।
प्रधानमन्त्री ओली डा. खतिवडालाई निरन्तरता दिन अक्षम भएपनि उनको विज्ञता र अनुभव भने लिन चाहन्छन् । गौतमकै नाम आएको र उनले पछिल्लो समय ओलीलाई साथ दिएकाले राष्ट्रियसभामा उनलाई ल्याउन ओली सहमत भएका हुन् । तर डा.खतिवडालाई पनि उनी साथै लैजान चाहन्छन् ।
त्यसैले ओलीले अर्थतन्त्र बुझेको भन्दा आफ्नो एसम्यानलाई अर्थमन्त्री बनाउन चाहन्छन् । विकल्पमा उनको नजर पार्टी महासचिव विष्णु पौडेलतिर सोझिएको छ । पौडेल यसअघि प्रधानमन्त्री रहँदासमेत ओलीको क्याबिनेटमा अर्थमन्त्री थिए ।
उपाध्यक्ष गौतमसमेत पौडेलको पक्षमा सकारात्मक रहने भएकाले उनको संभावना बलियो रहेको स्रोतको दाबी छ । अर्काे फाइदा भनेको पौडेलसँग मिलेर काम गर्न डा. खतिवडासमेत तयार छन् । त्यसैले पौडेलको अर्थमन्त्री बन्ने सम्भावना बलियो भएको हो । ओलीले डा.खतिवडालाई मन्त्रीमा निरन्तरता दिन नसकेपनि प्रमुख आर्थिक सल्लाहकारका रुपमा नियुक्त गर्ने तयारी गरेका छन् । यसका लागि डा. खतिवडाले अर्थमन्त्री आफूसँग मिल्ने व्यक्ति रहनुपर्ने शर्त राखेको स्रोतको दाबी छ ।
यस्तो अवस्था नरहँदा अर्काे सम्भावित व्यक्तिमा सुरेन्द्र पाण्डे रहेका छन् । विगत माधव नेपाल सरकारका पालामा अर्थमन्त्रालय सम्हालिसकेका पाण्डेलाई अर्थमन्त्रालयमा ल्याउन माधव र झलनाथ खनालले पहिल्यैदेखि लबिङ गरिरहेका हुन् । त्यसैले दोस्रो विकल्पमा पाण्डे स्वभाविक दाबेदार मानिएका छन् ।
चितवनकै भएकाले पाण्डेप्रति प्रचण्डको समेत समर्थन रहने बुझाई माधव पक्षको रहेको छ । अर्थतन्त्रमा राम्रो दखल भएका पाण्डे तुलनात्मक रुपमा सफल मानिएका पूर्व अर्थमन्त्रीमा पर्छन् । त्यसैले उनको सम्भावना पनि कमजोर छैन–स्रोतले भन्यो ।
यद्यपि ओली भने अर्थमन्त्रालयको जिम्मेवारी आफ्ना विश्वासपात्रलाई मात्र दिन चाहन्छन् । यसका लागि उनका तर्फबाट दोस्रो रोजाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनसक्ने निकट स्रोतको भनाई छ । अब हुने मन्त्रिमण्डल पुनर्गठनमा नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय दाबी गरेको अवस्थामा ज्ञवालीलाई अर्थको जिम्मेवारी दिन सक्ने मनस्थिति ओलीले बनाएको स्रोतको भनाई छ । यसबारे उनले ज्ञवालीलाई जानकारी गराइसकेका छन् ।
ओलीका तर्फबाट अर्का दाबेदार हुन्– ईश्वर पोखरेल । हरेक संकटमा ओलीलाई साथ दिंदै आएका पोखरेललाई अर्थमा ल्याउन ओलीमाथि ठूलै दबाब छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ईश्वरलाई रक्षाबाट अर्थमा सरुवा गर्न ओलीलाई सुझाव दिएको पनि निकटवर्ती स्रोतको दाबी छ ।
त्यसैले ईश्वरको सम्भावना पनि कमजोर मान्न मिल्दैन– स्रोत भन्छ । तर नेपाल र खनाल भने ईश्वरलाई अर्थको जिम्मेवारी दिने पक्षमा असहमत रहेको बुझिएको छ । पूर्व एमाले र माओवादी पक्षको चर्चा चल्दै गर्दा प्रचण्डले अर्थ मन्त्रालयमा दाबी गर्नसक्ने बताइएको छ । उर्जा तथा जलश्रोत मन्त्री वर्षामान पुनलाई अर्थको जिम्मेवारी दिन प्रचण्डले माग गर्न सक्ने बताइएको छ । यद्यपि यसबारे प्रचण्डले अहिलेसम्म बोलेका छैनन् । तर ईश्वरको नाम आउँदा भने पुनको दाबी पनि रहन सक्ने अवस्था रहेको बताइएको छ ।
सचिवालय बैठक टुंगिएपछि मन्त्रीमण्डलमा पुनर्गठन गर्ने ओलीको तयारी छ । त्यतिञ्जेल अर्थ मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्ने पक्षमा उनी रहेको बताइन्छ । तर सञ्चार मन्त्रालयको जिम्मेवारीका साथ प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ता तोक्ने सोच ओलीले बनाएको स्रोतको भनाई रहेको छ । संभवतः अर्काे हप्तसम्म पुनर्गठन नभइञ्जेल अर्थको जिम्मेवारी भने ओली आफै सम्हाल्ने उनको तयारी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार