निषेधाज्ञाबीच काठमाडौं उपत्यकामा सफाइ अभियान
नेपालबहस संवाददाता
भदौ २०, २०७७ शनिबार २२:१:५५
२० भदौ ,काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो ।
पशुपति क्षेत्रको विद्युतीय शवदाह गृह परिसरमा सफाइ गरिएको उनले जानकारी दिए । त्यस क्षेत्रमा बढी फोहर भेटिएकाले सफाइ गरिएको हो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलेको नेतृत्वमा सफाइ भयो । त्यस क्षेत्रको नदी किनार र टोलमा सफाइ गरी कुहिने एवं नकुहिने फोहरमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताए । सफाइमा हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ अभियानलाई निरन्तरता दिइएको थियो ।
विष्णुमती सफाइ अभियानको ३१०औँ हप्तामा संयोजक शोभाकान्त पाण्डेलगायत अभियाकर्मीले सफाइ गरेका छन् । विष्णुमतीको घर, टोल क्षेत्रमै सफाइ गरिएको उनले बताए । यसैगरी मनोहरा सरसफाइ अभियान १८१औँ हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारी पुलमा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, संयोजक चन्द्र दङगाललगायत अभियानकर्मीले सफाइ गरेका छन् ।
त्यस्तै काठमाडौं उपत्यकाका आलोकनगर, चक्रपथ सफाइ अभियान उत्तरी खण्ड, चक्रपथ सरसफाइ अभियान पश्चिम खण्डले पनि घर, टोल सफाइका साथै राहत वितरण, रक्तदान गरी मनाएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। ललितपुरको गोदावरी खोला सफाइ अभियानको ७९औँ हप्तामा अभियानकर्मीले घर, टोल सफाइ गरेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिए । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ गरिएको उनले सुनाए ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी हुँदै देशभर यो अभियान फैलिएको छ । कोरोनाको जोखिम हुनुअघिसम्म देशका १०६ स्थानमा सफाइ अभियान शुरु भएको थियो । हाल कोरोनाका कारण धेरै स्थानको सफाइ अभियान घर, टोल सफाइ अभियान शुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार