सभापति देउवाविरुद्ध आन्दोलनमा उत्रदै पौडेल समूह
नेपालबहस संवाददाता
भदौ २०, २०७७ आइतबार २:२१:४
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागलगायत गरेको मनोनयन खारेज गर्न असन्तुष्ट पक्षका नेताहरूले माग गरेका छन्। सभापति देउवाले १४ औं महाधिवेशनको मुखमा विभागदेखि शुभेच्छुक संस्थासम्म एकलौटी मनोनयन जारी राख्दै आफ्नो विरोधका बावजुद सभापति देउवाले पार्टीका विभागमा धमाधम मनोनयन गरेपद्धि क्रद्ध बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आगामी दिनमा कसरी संघर्ष गर्ने भनेर रणनीति बनाउने तयारी गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा सभापति देउवा समुह र वरिष्ठ नेता पौडेल समुहबीच विवाद चर्किएको छ। हालै वरिष्ठ नेता पौडेलले सभापति देउवाको निवासमै पुगेर विभाग गठनप्रति असन्तुष्टि जनाउँदै विभाग गठन गर्ने निर्णय फिर्ता लिन माग गरेका थिए। तर, सभापति देउवाले गएको शुक्रबार र शनिबार थप दुई वटा विभागमा ९६ जनालाई मनोनित गरे।
शनिबार करिब तीन घण्टा चलेको भर्चुअल बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, महेश आचार्य, गुरू घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल, नवीन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, बद्री पाण्डे, गगन थापा, धनराज गुरूङलगायत सहभागी थिए।
सभापतिले महाधिवेशन प्रभावित पार्ने गरी पद बाँडिरहेकोले अब कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बसेको एक केन्द्रीय सदस्यले जानकारी दिए। सभापतिले विधान विपरीत के-के काम गरेका छन् भन्नेबारे केन्द्रीय सदस्यहरू गुरू घिमिरे, जीवन परियार र बद्री पाण्डेले बैठकमा प्रतिवेदन नै पेश गरेको ती केन्द्रीय सदस्यले जानकारी दिए।
सभापतिले विधान विपरित गरेका गतिविधिबारे छलफल भएको वरिष्ठ नेता पौडेलले बताए । पार्टीको आगामी महाधिवेशनमा सभापति देउवा पनि उम्मेदवार हुने लगभग निश्चित जस्तै भएकाले महाधिवेशन प्रभावित पार्न धमाधम मनोनय र क्रियाशिल सदस्यता वितरणमा हस्तक्षेप गरेको निश्कर्ष पौडेल समुहको छ। पौडेल समुहमा पनि सभापतिका आकांक्षी आधा दर्जनभन्दा धेरै छन्।
यसैबीच, विभाग गठन, क्रियाशील सदस्यता वितरण लगायतका मुद्दा पौडेल समूहले यसअघि पनि उठाएको हो । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले लिखित रुपमै विरोध पत्र पनि दिएका हुन् । तर सभापति देउवाले विभागहरू गठन रोकेका छैनन् ।
पौडेल समूहको कार्यदलले भने पार्टी सभापतिविरुद्ध आन्दोलनमा उत्रनुपर्ने प्रस्ताव गरेको छ । पौडेल समूहका एक नेताका अनुसार कार्यदलले एक साताको अल्टिमेटम दिएर सभापतिलाई विरोध पत्र बुझाउने र माग सम्बोधन नभए पार्टी कार्यालयमा धर्ना दिने प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार