सहयोद्धाको अभियानले ७२ जनाको नमूना स्वाब संकलन
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १८:८:३१
◊ धीरुभाइ
२१ भदौ, सप्तरी । सप्तरीको राजविराजमा सहयोद्धा संस्थाले एक घर एक पीसीआर अभियान अन्तर्गत ७२ जनाको स्वाब संकलन गरेको छ । राजविराज नगरपालिका वार्ड नम्बर २ का ७२ घरपरिवारका ७२ जनाको स्वाब संकलन गरिएको संस्थाका अध्यक्ष रबिन्द्र यादवले बताए ।
पीसीआर परीक्षणको लागि उनीहरुको नमूना स्वाब संकलन गरिएको उनले बताए । यस अभियान अन्तर्गत शनिबार वडा नम्बर २ स्थित राजदेवी विद्यालयमा गरिएको पीसीआर परिक्षण दिउँसो ४ बजे देखि सुरु भएको संस्थाका सचिव प्रतिष्ठा यादवले जानकरी गराए । एक घरबाट कम्तिमा एक जनाको परीक्षण गर्ने उद्देश्यले संचालित कार्यक्रममा ७२ घरबाट ७२ नमुना स्वाब संकलन गरिएको उनले बताए ।
कार्यक्रम संयोजक अमर मण्डलको संयोजकत्मा आयोजित अभियानको गजेन्द्र नारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले शुभारम्भ गरेका थिए । कार्यक्रममा नमूना स्वाब दिन आएका स्थानीयवासीसँग सामाजिक दूरीका साथ मास्कको प्रयोग अनिवार्य गरिएको थियो ।
आयोजक संस्थालाई स्थानीय राजदेवी युथ क्लब र वडा नम्बर २ का जनप्रतिनिधिले पनि सहयोग गरेका थिए । कोरोना महामारीले आक्रान्त भएको बेला सहयोद्धाले समुदायमा यसको थप संक्रमण फैलिन नदिन यस्तो अभियान थालेको सहसचिव सत्यम यादवले बताए ।
गत आइतबारदेखि राजविराज नगरपालिकालाई क्षेत्र बनाई सुरु गरिएको अभियान अन्तर्गत वडा नं. ८ मा पहिलो चरणको कार्यक्रम गरिएको थियो । सो वार्डमा ६८ घरका ६८ जनाको नमूना स्वाब संकलन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
पुरख्यौली नृत्य प्रतियोगिता
बैशाख १३, २०८१ बिहिबार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार
बैशाख १३, २०८१ बिहिबार