चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ०:५२:१५
२१ भदौ, काठमाडाैं । चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।
उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ ।
सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ ।चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो । अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ । संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार