२६ किलो अफिमसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ३:२:४५
२१ भदौ ,कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार बेलुका ७ः०० बजेको समयमा नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरिएको हो ।
बरामद लागुऔषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यसैगरी शनिबारकै दिन दिउसो १ः१५ बजेको समयमा कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोटस्थित सडकमा हिँडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मानबहादुर विष्ट र तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए ।
उनका अनुसार उनीहरु दुवै जनाबाट रु ५१ हजार ९६० र दुई थान मोबाइल बरामद गरिएको तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार