डोटीमा ३० जनामा स्क्रबटाइफस
नेपालबहस संवाददाता
भदौ २१, २०७७ सोमबार ३:१३:१४
२१ भदौ, डोटी । यहाँ ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा यति ठूलो सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका हुन् । जिल्ला अस्पतालका अनुसार गत साउन २० गतेदेखि यही भदौ २० गतेसम्म गरिएको जाँचका क्रममा उक्त सङ्ख्यामा स्क्रबटाइफसका बिरामी फेला परेका छन् । सङ्क्रमण देखिएका बिरामीमध्ये केहीमा जटिल समस्या देखिएका कारण आईसियु आवश्यक पर्ने भएकाले जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि रेफर गरिएको जिल्ला अस्पतालका एमडिजिपि डा प्रमोद भट्टले बताए ।
माइट नामक किराको टोकाइबाट स्क्रबटाइफसको सङ्क्रमण फैलिने र यो रोग रगतका माध्यमबाट शरीरका कलेजो, मस्तिष्क, फोक्सो तथा मृगौलालगायतका अङ्गमा प्रवेश गरी विभिन्न लक्षण देखापर्ने डा. भट्टले जानकारी दिए । रो रोगबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने र ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
स्क्रबटाइफसका बिरामीको सङ्ख्या बढदै गएपछि यसबाट बच्न सकिने उपायका बारेमा स्वास्थ्य कार्यालयमार्फत जनचेतना फैलाउने कार्य भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार