वार्षिकोत्सव खर्च ढोरपाटनका बाढी पीडितलाई
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १४:५६:१४
२२ भदौ, गलकोट । बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि रु एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ ।
आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग सङ्कलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए । “सिङ्गो बागलुङ शोकमा डुबेको छ”, जिसीले भने, “कोरोनाको महामारीबीच वार्षिकोत्सव मनाउने खर्च बाढी पीडितलाई सहयोग गरेका हौँ ।”
यही भदौ १७ गते राति भुजी खोलाको बाढीले तटीय बस्ती बगाउँदा ठूलो जनधनको क्षति भएको थियो । बाढीमा परेर हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै वेपत्ता छन् । बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएका छन् ।
संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरि क्षेत्रकै पहिलो सञ्चार सहकारी हो । विसं २०६३ मङ्सिरमा स्थापना भएको संस्थाले हाल धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ ।
पहिलो वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरी यसमा लाग्ने खर्चबापतको रकम संस्थाका तर्फबाट र थप रकम संस्थाका परोपकारी मनबाट प्रेरित शेयर सदस्यहरुबाट सङ्कलन गरी एकद्वार प्रणलीमार्फत वितरण गर्नका लागि ढोरपाटन नगरपालिकाको खातामा जम्मा गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ :नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार