वीरगञ्जमा कोरोनाले ५८ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १५:३४:४३
२२ भदौ, वीरगन्ज । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना भाइरस संक्रमित पुरुषको आइतबार मृत्यु भएपछि कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको हो । साउनमा मात्रै कोरोनाले ५४ जनाको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचारका क्रममा सर्लाहीको चकरघट्टा गाँउपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी र २ दिनदेखि स्वास प्रश्वासमा समस्या भएपछि भदौ १३ गते नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालको आइसियुमा भर्ना गरिएका उनको स्वास्थ्य अवस्था झन जटील बन्दै गएपछि भदौ १४ गते राति नै प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।
प्लाज्मा थेरापी थालिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। तर उपचारका क्रममा मुटुमा पनि समस्या देखिएको र मुटुको समस्या जटिल बनेर उनको आइतबार बिहान १० बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सक उदय नारायण सिंहले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते
बैशाख १२, २०८१ बुधबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार