सोमबार , असोज १२, २०७७

कोरोनामुक्त स्वास्थ्यकर्मी प्लाज्मा दिन तयार

कोरोनामुक्त स्वास्थ्यकर्मी प्लाज्मा दिन तयार

२२ भदौ, बागलुङ । कोरोना संक्रमणबाट मुक्त भएका धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना संक्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन ।

धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ । अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ ।

कोरोना सङ्क्रमणले गम्भीर स्थितिमा पुगेका बिरामीलाई निको भइसकेका व्यक्तिको रगतको प्लाज्मा चढाएर उपचार गर्ने गरिन्छ । रगतमा रेड ब्लुड सेल ‘आरबिसी’, प्लेटलेट्स र प्लाज्मा ९लिक्विड० हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइन्छ ।

यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ । स्वास्थ्यकर्मी घिमिरे २६ दिनमा कोरोनामुक्त भएपछि शनिबार आइसोलेसनबाट घर फर्कीएका छन ।

के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ?

कन्भालेसेन्ट प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । चिकित्सकहरुका अनुसार जब एन्टिबडीले भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले