बुधबार , असोज १४, २०७७

अनलाइनबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

अनलाइनबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

२२ भदौ, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि ‘अनलाइन’बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ ।

“विश्वविद्यालयले कोरोना कहर त्यति छिट्टै सकिने अवस्था देखिँदैन”, उपकुलपति जोशीले भने, “शैक्षिक गतिविधिलाई स्वास्थ्य सर्तकता अपनाएर अघि बढाउने तयारीमा छौं ।” उनले आगामी असोजदेखि सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधिसमेत पास भइसकेको बताए । “यहाँका १४ वटै आङ्गिक क्याम्पससित परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित रुपमा पनि पत्राचार भइसकेको छ”, उनले भने, “सोही अनुसार विद्यार्थीलाई पनि जानकारी भइरहेको छ ।”

विश्वविद्यालयले वैकल्पिक विधि ‘अनलाइन’ परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’को स्थापना गर्ने जनाएको छ । “परीक्षाका लागि इन्टरनेटको पहुँच बढाउन नेपाल टेलिकमसँग छलफल भएको छ”, उनले भने, “विश्वविद्यालयका हरेक गतिविधि वेवसाइडमा राख्ने काम हुन्छ ।”

त्यसैगरी विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ । त्यस्तै अनलाइन परीक्षाका लागि विश्वविद्यालयले सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरिएको जनाएको छ । सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ ।

परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ उपकुलपति प्रा डा जोशीले बताए । त्यसका साथै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आगामी वर्ष एमफिल र पिएचडीको अध्यापनसमेत शुरु गर्ने गृहकार्य गरिरहेको छ । यहाँ पहिलो पटक कृषितर्फ बिएसीएजी तेस्रो सेमेष्टरमा विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयले जनाएको छ ।

“इन्जिनीयरिङतर्फ एमई र कम्प्युटर साइन्सको बिई कार्यक्रम ल्याउन पनि कार्यविधि बनाइसकेको अवस्था छ”, उनले भने, “पछिल्लो समय शैक्षिक गतिविधि बढाउने गरी विभिन्न निर्देशिका र कार्यविधि बनाउने काम धमाधम भइरहेको छ ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ५ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले