मंगलबार , असोज १३, २०७७

अर्थमन्त्री डा. खतिवडाले राजीनामा दिएपश्चात पनि किन घटिरहेको छ बजार ?

अर्थमन्त्री डा. खतिवडाले राजीनामा दिएपश्चात पनि किन घटिरहेको छ बजार ?

 २२ भदाै, काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपश्चात पनि नेप्से परिसूचकमा लगातार दुई कारोवार दिन घटेको छ । माथिल्लो सर्किट लाग्छ भन्दै लगानीकर्ताहरु बसेको बेलामा बजार भने फरक दिशातर्फ उन्मुख भएको छ ।

 

आज १९२ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब १६ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक १२ दशमलव १७ अंकले घट्दै १४८७ दशमलव ८१ को विन्दुमा बन्द भएको छ ।

डा. युवराज खतिवडाले राजीनामा दिनु पुर्व नै अर्थमन्त्री गएपश्चात बजार छोटो समयको लागि निकै राम्रो बढ्ने सपना देखेर केही समुहले शेयरमा आक्रामक लगानी गरेका थिए ।  सो अनुरुप आईतबार बजारले साथ नदिँदा पहिलाको वृद्धि भएको बजार अहिले करेक्सन भएको जानकार बताउँछन ।

त्यस्तै दोश्रो ठूलो बजार पुँजीकरण भएको नेपाल पुनर्बीमा कम्पनीकाे शेयर केही समयदेखि आक्रामक वृद्धि हुँदै थियो । नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा गिरावटसँगै त्यसको नकारात्मक असर पनि नेप्से परिसूचकमा परेको देखिन्छ ।

आज बजार १५०३ दशमलव ३८ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु त्यही रहेको थियो । बजार को न्यून विन्दु ११ बजेर ३५ मिनेटमा १४८३ दशमलव ६२ रहेको थियो ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक कारोवार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ४० लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

आज सर्वाधिक कमाउने ५ कम्पनीमा उन्नती सहकार्य लघुवित्त, युनिभर्सल पावर, जोशी हाईड्रोपावर, नागरिक लगानी कोष र आशा लघुवित्त रहेका छन् ।

सर्वाधिक गुमाउनेमा एन.आर. एन., घलेम्दी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, अरुण काबेली र एनआईबील प्रगति फण्ड रहेका छन् ।

प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १५५० । प्रतिरोध १ः १५०० । टेवा १ः १४७५ । टेवा २ः १४३०

✍आज पनि शेयर बजार खुलेदेखि घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको बजारले बियरिस मैनबत्तीको चित्र बनाएको छ । यसले आज बजारमा विक्रेताको चाप रहेको जानकारी गराए पनि अघिल्लो दिनभन्दा कम चाप रहेको देखिन्छ । त्यस्तै, आजको परिमाणले बजारमा विक्रेताको चाप  केही कम रहेको जानकारी दिएको छ।

✍दैनिकी अवधिमा “आरएसआई” ६२ दशमलब १९ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा बिक्रेताको चाप रहेको संकेत गरेको छ।

✍ “एडीएक्स” ले हालसम्म बजारमा क्रेताको चाप रहेको संकेत गरे पनि जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले आज विक्रेताको चाप केही कम रहेको जानकारी गराएको छ।

✍ “अन ब्यालेन्स भल्यूम” ले बजार केहि सच्चिन सक्ने जनाकारी गराएको छ।

✍ बजार बढेमा पहिलो प्रतिरोध १५०० को क्षेत्रमा पाउने देखिन्छ भने घटेमा पहिलो तत्कालिन टेवा १४७५ को क्षेत्रमा रहेको देखिन्छ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ७ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित १८ घण्टा पहिले
बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद बालिका बलात्कार गर्नेलाई फाँसी हुने कानुन चाहियाे : महिला सांसद २३ घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २१ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १६ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २० घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त १९ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन १९ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले