बिहिबार , असोज ८, २०७७

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन नाडाको आग्रह

२२ भदौ, काठमाडौं ।  अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ‘नाडा’ ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिए ।

“बन्दाबन्दीको समयमा अटोमोबाइल व्यवसायीहरु ठूलो मारमा परेका छन्, आफ्नो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ”, विज्ञप्तिमा भनिएको छ, “अब अति भयो, समयलाई बुझेर संसारलाई नियालौँ र अब काम गरौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ७ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले