सोमबार , असोज १२, २०७७

कोरोना बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको माग

कोरोना बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको माग

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटक–पटक दोहोरीएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउदै कांग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलदो सङ्क्रमण दृष्टिगत गरेर उच्च स्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपील गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकले तिनै तहको सरकारलाई नवीन र ऐक्यवद्ध रणनीति साथ कोरोना सङ्क्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै समुदाय स्तरमा सङ्क्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा “एक घर एक परिक्षण” गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइसोलेसन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको विभागका सचिव दिनेशथापा मगरले जानकारी दिए। अभावका बीच कोरोना संक्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँ पनि कुनैपनि ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपील गरेको उनले बताए ।

कोरोना बाहेकका विरामीको उपचारमा ध्यान दिन कांग्रेसको माग

बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात गरेर विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकार समक्ष माग गरेको छ । साथै राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लकडाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत ब्यवस्थित ढङ्गले राहत वितरण गर्ने गरी ब्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपील गरेको छ ।

बैठकले कोरोना महामारीका कारण चुनौती ब्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ । यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारहरुको परिक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गरएको छ । सरकारले निजी अस्पताललाई समेत पिसिआर परीक्षणको अनुमति दिइसकेको अवस्थामा कोरोनाको बीमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठककले यसलाई सरलीकरण गरेर कोरोना बीमीतलाई भुक्तानी दिलाउन माग गरेको छ ।

बैठकले कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हित केन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकार समक्ष माग गरेको छ । त्यसैगरी कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! १४ घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १२ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि ९ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! ९ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … ८ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने ८ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु ९ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात ९ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले