बिहिबार , असोज १५, २०७७

गाउँपालिकालाई एम्बुलेन्स किन्न प्रवासीबाट ११ लाख सहयोग

गाउँपालिकालाई एम्बुलेन्स किन्न प्रवासीबाट ११ लाख सहयोग

२२ भदौ, बागलुङ । गलकोट समाज जापानले ताराखोला गाउँपालिकालाई एम्बुलेन्स किन्नका लागि रु ११ लाख उपलब्ध गराएको छ । ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहजता होस् भनेर एम्बुलेन्स सहयोग गरिएको समाजका अध्यक्ष दिलु खत्रीले बताए । “समयमा उपचार नपाएकै कारण कसैले पनि ज्यान गुमाउनु नपरोस्”, उनले भने।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानका विभिन्न शहरमा आयोजित साङ्गीतिक कार्यक्रमबाट सङ्कलित रकम एम्बुलेन्सका लागि प्रदान गरिएको उनको भनाइ छ । समाजले केही वर्षअघि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एम्बुलेन्स दिएको थियो ।

एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र दशैँ अगावै सेवा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकासँग यसअघि भएको एम्बुलेन्स बिग्रिएर थन्किएपछि कोरोना संक्रमित बोक्नसमेत भाडाको सवारीसाधन चलाउनुपर्ने बाध्यता छ । हालसम्म जिल्लाका कुनै पनि स्थानीय तहले आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् ।

अहिले पनि अस्पताल, रेडक्रसलगायत संघसंस्थाले चलाएका एम्बुलेन्सका भरमा स्थानीय तह छन् । कोरोना महामारी शुरु भएपछि संक्रमित बोक्नुपर्दा एम्बुलेन्स चालक नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।

मन्त्रालयको नीतिअनुसार महानगरपालिका र उपमहानगरपालिकामा चारचार, नगरपालिकामा तीन र गाउँपालिकामा दुई एम्बुलेन्स हुनुपर्छ । स्थानीय तहले एम्बुलेन्स किन्दा राजश्व छुटको सुविधा छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले