आइतबार , असोज ११, २०७७

गलत रिपोर्ट निकालेर नेशनल लाईफको एकनम्बर देखिने झुटो तरिका, यस्तो छ रहस्य

गलत रिपोर्ट निकालेर नेशनल लाईफको एकनम्बर देखिने झुटो तरिका, यस्तो छ रहस्य

२३ भदाै, काठमाडाैं । जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले गलत वित्तीय विवरण सार्वजनिक गर्दै लगानीकर्तादेखि बीमा बजारमा नै गलत सुचना प्रवाह गरेको छ । प्रतिशेयर आम्दानीलाई धेरै देखाएर लगानीकर्तालाई रनभुल्ल बनाउने काम नेशनल लाईफ इन्स्योरेन्सले गरेको हाे ।

याे जीवन बीमा कम्पनीले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासिक रिपोर्टमा उल्लेख भएअनुसार कम्पनीले १६ रुपैयाँ ९२ पैसा प्रतिशेयर आम्दानी सार्वजनिक गरेको छ । तर कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड र खुद मुनाफा ३९ करोड १२ लाख रहेकोमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा मात्र हुन्छ । यसरी नेशनल लाईफ इन्स्योरेन्सले ४ रुपैयाँ २२ पैसा धेरै प्रतिशेयर आम्दानी निकालेको छ ।

यस्तो छ तथ्याङ्क :
चुक्ता पुँजी : ३ अर्ब ८ करोड
खुद मुनाफा : ३९ करोड १२ लाख
वास्तविक प्रति शेयर आम्दानी : १२ रुपैयाँ ६९ पैसा
प्रकाशित प्रति शेयर आम्दानी : १६ रुपैयाँ ९२ पैसा
फरक : ४ रुपैयाँ २२ पैसा

प्रतिशेयर आम्दानी धेरै देखाउने यस्तो छ कारण ?

नेपालको निकै पुरानो जीवन बीमा कम्पनी भएपनि नेपाल लाईफ र एलआईसी नेपालको अघि नेशनल लाईफले व्यापार गर्न सकेको छैन । त्यस्तै नयाँ आएका जीवन बीमा कम्पनीहरुले पनि निकै आक्रामक व्यापार गरिरहेको बेलामा कुनै दिन ती नयाँ कम्पनीले नेशनल लाईफलाई प्रिमियम संकलनमा जित्ने देखिन्छ ।

आफुलाई प्रतिशेयर आम्दानीको मामलामा एक नम्बरको देखाउन नेशनल लाईफले यसरी गलत रिपोर्ट निकालेको देखिन्छ । कम्पनी केही समय आक्रामक रुपमा व्यापार गर्न चाहन्छ र यसरी प्रतिशेयर आम्दानीलाई धेरै देखाउँदा कम्पनीको आक्रामक व्यापारको पछाडीको एउटा चाल भएको कुरामा दुईमत छैन् ।

याे सरासर ठगी भएकाे लगानीकर्ताकाे भनाई छ । प्रतिशेयर आम्दानी निकाल्ने सुत्र सो बीमा कम्पनीका चार्टर्ड एकाउण्टेनदेखि सीईओसम्मको व्यवस्थापनले नजानेर हो वा जानाजान जनता ढाट्न गरिएको प्रपञ्च हो भन्ने बारे खुलेको छैन् । यस्तो गम्भीर गल्तीको बीमा समितिले अनुसन्धान र कारवाही गर्नुपर्ने आवाज लगानीकर्ताहरुले उठाएका छन् ।

कम्पनीले प्रकाशित गरेको सो वित्तीय विवरणका बारेमा नेपालबहस डटकमले सीईओ भरत बस्नेतदेखि डेपुटी सीईओ सुरेशप्रसाद खत्रीसम्मलाई लगातार सम्पर्क गर्ने प्रयत्न गर्यो तर उनीहरु दुवैले फोन उठाएनन् । प्रतिक्रिया लिने क्रममा सो बीमा कम्पनीका सञ्चालक राजीवबिक्रम शाहसँग कुरा गर्दा उनले वित्तीय विवरण पास गर्ने बोर्ड बैठकमा आफु नगएको बताउँदै पछि घरमै ल्याएको वासलात र माइन्युटमा हस्ताक्षर गरेको बताए ।

आन्तरिक लेखा परीक्षणदेखि बाह्रय लेखा परीक्षण तथा कम्पनीका उच्च व्यवस्थापक र अरु सञ्चालकले हेरेको कुरा ठीकै होला भनेर आफुले अध्ययन नै नगरी स्वीकुतिमा हस्ताक्षर गरेको सञ्चालक शाहको दावी थियो ।

प्रेमा राज्यलक्ष्मी सिंह अध्यक्ष रहेको यस जीवन बीमा कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघ कि अध्यक्ष भवानी राणादेखि लिएर संविधानसभा सदस्य राजीवबिक्रम शाह, राष्ट्रिय बाणिज्य बैंकका डेपुटी सीईओ कविराज अधिकारी, पूर्व रथी पवनबहादुर पाँडे, कुलदीप शरण सिंह र महेश्वर प्रकाश श्रेष्ठ जस्ता आआफ्नो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु सञ्चालक समितिमा बिराजमान छन् । त्यस्तै भरत बस्नेत सीईओ, सुरेशप्रसाद खत्री डेपुटी सीईओ र प्रतापमान श्रेष्ठ सहायक महाप्रबन्धकका रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले