कोरोनाले काभ्रेका चार सरकारी कार्यालय बन्द
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १६:११:१६
२३ भदौ, बनेपा । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए । उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरेका छन् ।
“कार्यालयका हामी सबैले आइतबार नै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, सङ्क्रमित कर्मचारी कर फाँटमा कार्यरत रहेकाले उनीसँग सम्पर्कमा रहेका अन्यलाई पनि तत्कालै परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने । यस्तै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ भवन, राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन् ।
बैंकले भने एक जना कर्मचारीमा सङ्क्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ । यसअघि भदौ ३ गते जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकको आकस्मिक बैठकद्वारा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको जनाउँदै जिल्लास्थित बढी सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो ।
बन्द गरिएकामा आन्तरिक राजश्व कार्यालय धुलिखेल, जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालय हुन् । केन्द्रले हाल कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेकाले अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्ने निर्देशन गरेको छ । साथै सोही मितिदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना सङ्क्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३२४ मा सङ्क्रमण देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन अंकको सुधारले मानव विकास सूचकांकको १४६ औँ स्थानमा पर्यो नेपाल
चैत २, २०८० शुक्रबार
यौनिकता शिक्षाः मेरो शरीर, मेरो अधिकार !
फागुन २५, २०८० शुक्रबार
दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
फागुन ८, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार