कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत बन्द
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार १७:२४:१४
२२ भदौ, स्याङ्जा । स्याङ्जा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लाका दुई मालपोत कार्यालय बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयबाट हुने सेवाप्रवाह स्थगित गरिएको छ । एक सातादेखि अस्पतालमा उपचाररत उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण देखिएका व्याक्ति सगँ सगै काम गर्ने अर्का कर्मचारी शुक्रवार वालिङ मालपोत कार्यालयमा कम्पुयटर सम्वन्धी काम गर्न आएका थिए । कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा वालिङमा कार्यरत कर्मचारीहरु पनि परेका कारण वालिङको मालपोत समेत बन्द गरिएको वालिङ नगर स्वास्थ्य प्रमुख कमल पाण्डेले बताए ।
पाण्डेका अनुसार एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीका कन्ट्रयाक ट्रेसिङ् गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराइने सेवाप्रवाह स्थगित गरिएको जानकारी दिए । भू—सेवाका काम भने नरोक्न स्थानीय पालिकालाई आग्रह गर्दै कार्यालय संचालन हुने बित्तिकै यी काम प्राथमिकतामा राखेर काम गर्ने जारी सूचनामा उल्लेख गर्दै अर्को सुचना नआएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार