मंगलबार , असोज १३, २०७७

सीसी क्यामरा फुटेजको आधारमा चोरी भएको सामानसहित चार पक्राउ

सीसी क्यामरा फुटेजको आधारमा चोरी भएको सामानसहित चार पक्राउ

◊धीरुभाइ

२३ भदौ,  सप्तरी । पसलमा जडान गरिएको सीसीटिभीको फुटेजको मद्दतले राजविराज नगरपालिका ७ स्थित गुदरी लाइनको एक चोरिएको सामानसहित चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको सामानसहित राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योतीकुमारी मण्डल सहनी, राजविराज नगरपालिका ४ का समिम अन्सारी र रुपनी गाउँपालिका ४ का लालमहमद राइनलाई सीसी क्यामराको फुटेजको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन आयोजना गरेर उनीहरुलाई सार्वजनिक गरिएको छ ।

राजविराज नगररपालिका–७ गुदरीलाइन स्थित ओमप्रकाश साहको दुई तल्ले पक्की घरमा रहेको गणेश स्टोर किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । भदौ २१ गते राती पसलमा चोरी भएको थियो ।

पक्राउ परेकाहरुको बयानको आधारमा विभिन्न स्थानबाट रिचार्ज कार्ड र नगद गरी चार लाख नौ हजार ३४५ रुपियाँ बरामद गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। भदौ २२ गते बिहान उक्त किराना पसलमा खोल्दा एक लाख ५० हजार रुपैयाँ बराबरका रिचार्ज कार्ड र नगद गरी चार लाख रुपैयाँ चोरी भएको सूचना पाएलगतै प्रहरी अनुसन्धानमा सक्रिय भएको प्रहरी उपरीक्षक धमलाले किराना पसलमा जडान गरिएको सीसीटिभी फुटेजका आधारमा चोरीमा संलग्नहरुको पहिचान गरी उनीहरुलाई पक्राउ गरेको बताए ।

यता चोरीको आरोपमा पक्राउ परेका सैनी पसलभित्र पसेर चोरी गरेको र उनकी बहिनी ज्योतीले चोरेर ल्याएको नगदसहित सामग्री आफैले सञ्चालन गरेको ज्योती मदिरा पसलमा जानी जानी लुकाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । त्यस्तै समिमले लुकाएको सामानको रेखदेखमा खटिएको आरोप तथा लालमहमदले सैनीलाई चोरीमा सहयोग पु¥याएको अनुसन्धानबाट खुलेको बताइएको छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज २०७७ असोज १३ गते मंगलबारको राशिफल आज २०७७ असोज १३ गते मंगलबारको राशिफल ९ घण्टा पहिले
इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित २० घण्टा पहिले
सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ सहकारीको करोडौं ठगीका दोषी अग्रवाल नक्कली नम्बर प्लेटका गाडीसहित पक्राउ २० घण्टा पहिले
पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह पीसीआर परीक्षणका लागि बाध्य नपार्न सरकारको आग्रह २३ घण्टा पहिले
नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र १८ घण्टा पहिले
राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! राक्षसी बाबु : जसले १० बर्षदेखि आमाकै अगाडी छोरीलाई बलात्कार गरिरहे ! २२ घण्टा पहिले
प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त प्रदेश प्रहरी प्रमुख अर्याल संक्रमण मुक्त २१ घण्टा पहिले
कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन कैदीबन्दीमा संक्रमण देखिएपछि कारागारभित्रै आइसोलेसन २१ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले