नाभाल्नीको स्वास्थ्य अवस्थामा सामान्य सुधार
नेपालबहस संवाददाता
भदौ २३, २०७७ मंगलबार २१:३०:५४
२३ भदौ, काठमाडाैं । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । खानामा रसायन मिसाएर दिएपछि बेहोस भएका नाभाल्नीलाई उपचारका लागि हाल जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व मिसाएर दिइएको जनाएका छन् । जर्मन सरकारले गत साता रुसमाथि उक्त काण्डको विस्तृत अनुसन्धान गर्न आग्रह गरेको थियो ।
बर्लिनस्थित च्यारिटी अस्पतालले सार्वजनिक गरेको विज्ञप्तिमा नाभाल्नीलाई कोमाबाट मेकानिकल भेन्टिलेटरमा सारिएको उल्लेख छ । तर नाभाल्नीमाथि रसायनको असर के कस्तो रहन्छ भनेर अहिल्यै भन्न नसकिने अस्पतालले जनाएको छ । जर्मनीका अधिकारीहरुले गत साता नै नाभाल्नीमाथि नोभिचोक नामको रसायनबाट आक्रमण गरिएको जनाएका थिए । बेलायती अधिकारीहरुले पनि रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरीलाई सन् २०१८ मा पनि विगतमा यही नोभिचोकबाट आक्रमण गरिएको बताएका छन् ।जर्मनी झैं बेलायत, संयुक्तराज्य अमेरिकाले पनि उक्त घटनाप्रति आपत्ति जनाएका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार