सोमबार , अषोज ५, २०७७

नक्कली पत्रकार खाेज्दै प्रहरी

नक्कली पत्रकार खाेज्दै प्रहरी

२३ भदौ, काठमाडौं । पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ संक्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञाको समयमा पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

केही दिन अघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै एक हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारवाही थालेको छ । प्रहरीका अनुसार पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको छ ।

मंगलबार पनि काठमाडौंको बागबजारमा पत्रकारको परिचयपत्र नक्कली बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गरेको थियो । यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सामाजिक सञ्जालमा आएका जथाभावीका सूचना प्रवाह गरेर र यूट्यूबमा आएका सामग्रीलाई हेरेर मानिसले पत्रकारका विषयमा नकारात्मक धारणा बनाउने गरेका छन् । यस्ता घटनाले वास्तविक पत्रकार प्रभावित हुँदै आएका छन् । पत्रकारप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन हुने भन्दै पत्रकार महासंघले त्यस्ता गतिविधि रोक्न सरकारसँग अनुरोधसमेत गर्दै आएको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले नवलपरासीका लक्ष्मण न्यौपानेले बागबजारमा सञ्चालन गरेको कालिका प्रिन्टर्स स्पोर्टस प्रालिमार्फत विभिन्न व्यक्तिको नामबाट अस्पतालका कर्मचारी र पत्रकारको नक्कली परिचयपत्र बनाई प्रतिकार्ड रु ५०० भन्दा बढीमा बिक्री वितरण गर्ने गरेको फेला परेको जानकारी दिए ।

प्रहरीले न्यौपानेसहित बर्दिया घर भई कोटेश्वर बस्ने श्रीराम खड्का, नवलपुरासी सुस्ता पूर्व कावासोती घर भई काठमाडौं भीमसेनगोला बस्ने रमेशकुमार रेग्मी, स्याङ्जा जगत्रदेवी घर भई हाल धापसी बस्ने राजेन्द्रराज भण्डारी रहेको थापाले जानकारी दिए । उनीहरुलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं बुझाइएको छ । उनीहरुबाट विभिन्न मिडिया, अस्पताल र प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र तथा परिचयपत्र बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? ५ दिन पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय ५ दिन पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ४ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? ६ दिन पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै १ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले