शनिबार , असोज १०, २०७७

नगरपालिका फोरमद्वारा निषेधाज्ञा खुकुलो पार्दै जोरविजोर लागू गर्न सुझाव

नगरपालिका फोरमद्वारा निषेधाज्ञा खुकुलो पार्दै जोरविजोर लागू गर्न सुझाव

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए । यस्तै फोरमले विहिबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिए ।

शिक्षक दरबन्दी मिलानका सन्दर्भमा उपत्यकाबाट शिक्षक कटौती गर्न लागेको भन्ने जानकारी आएकाले उक्त कार्य तत्काल स्थगित गर्न र तलब भत्ता नपाएका शिक्षकको तत्काल तलब भत्ता निकासा गर्न पनि फोरमले माग गरेको छ । बैठक उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत आजभाेलि नै मन्त्रिमण्डल पुनर्गठन गर्न अध्यक्षद्वय सहमत २३ घण्टा पहिले
कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने कोरोना भाइरसको खोप सन् २०२१ को शुरुमा आउँने २३ घण्टा पहिले
स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी स्याङ्जामा आइसोलेसनबाटै भागे कैदी २३ घण्टा पहिले
प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! प्रेस काउन्सिलबाट किशोरले दिए राजीनामा, कार्यवाहक अध्यक्षमा बुढाथोकी ! २३ घण्टा पहिले
डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग डा. केसीसँग भएका सम्झौता सार्वजनिक गर्न मानवअधिकार आयोगको माग २३ घण्टा पहिले
ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध ललितपुरमा रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड राख्न प्रतिबन्ध २४ घण्टा पहिले
पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! पटके कर लगाएर तीव्ररुपमा बालुवा व्यापार, स्थानीय तह माैन ! २४ घण्टा पहिले
पग्लियो उत्तर कोरियाका क्रुर तानाशाहीको मन, मागे दक्षिण कोरियासँग माफी ! पग्लियो उत्तर कोरियाका क्रुर तानाशाहीको मन, मागे दक्षिण कोरियासँग माफी ! २० घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले