बिहिबार , असोज ८, २०७७

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने युवा प्रहरी नियन्त्रणमा

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने युवा प्रहरी नियन्त्रणमा

२३ भदौ, बैतडी ।  स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

हिजो सिगास गाउँपालिका—३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मी भूपेन्द्रमाथि कुटपिट भएको हो ।

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक चलिरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए ।

कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ । सिगास गाउँपालिका—५ मा आज स्वाब सङ्कलन गर्ने क्रममा हिंडेका स्वास्थ्यकर्मीमाथि बाटोमै कुटपिट भएपछि स्वाब संकलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? ७ दिन पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले
सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! सांग्रिला डेभलपमेन्ट बैंकले बिना धितो १५ लाख ऋण दिने ! २ हप्ता पहिले