आइतबार , असोज ११, २०७७

कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा नगर्न गभर्नर अधिकारीको निर्देशन

कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा नगर्न गभर्नर अधिकारीको निर्देशन

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग आयोजना गरेको श्रव्यदृश्य छलफलमा गभर्नर अधिकारीले निर्यातको स्थिरता, आयातमा भएको व्यवस्थापन, चालू खाता घाटामा उल्लेख्य सुधार, शोधानान्तर स्थिति बचतमा रहेकाले आर्थिक क्रियाकलाप सकारात्मक रहेको बताएका छन् ।

पछिल्लो विवरण अनुसार हाल रु दुई खर्ब ८२ अर्बले शोधानान्तर बचतमा रहेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति रु १४ खर्बभन्दा माथि रहेको छ । यही भदौ २१ गते सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल रु तीन हजार ९३८ अर्ब निक्षेप र ती संस्थाले रु तीन हजार २५५ अर्ब कर्जा प्रवाह भएको जानकारी गभर्नर अधिकारीले दिए । उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलव्ध भएको तथा बैंकिङ क्षेत्रको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत र खराब कर्जा अनुपात १.८ प्रतिशत रहेको जानकारी दिए ।

यस्तै, वित्तीय क्षेत्रकाे स्थायित्व कायम रहेको भएतापनि कोभिड सङ्क्रमणका कारण त्यस क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्वित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमा रहेकामा जोड दिए । गभर्नर अधिकारीले केही महिनादेखि करिब रु दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन पनि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गरे ।

उनले अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवम् जिम्मेवारपूर्ण ढंगले गर्ने र कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धामार्फत मुनाफा केन्द्रित हुने भन्दा पनि आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएको केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता रहेको र यसलाई समस्या भन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्नेमा जोड दिदै तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुन सक्नेतर्फ संकेत गर्दै गभर्नर अधिकारीले यस विषयमा सजग रहनु पर्ने विचार व्यक्त गरे । पुर्नकर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन सम्वन्धित सवैलाई आग्रह गरे ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कार्यक्रम आयोजना गर्नुको औचित्यका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : < 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल २ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले