सोमबार , असोज १२, २०७७

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटाएर विपन्नलाई राहत दिन प्रधानको माग

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटाएर विपन्नलाई राहत दिन प्रधानको माग

२३ भदौ, काठमाडौं । छायाँ सरकारका रक्षामन्त्री एवम् प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै प्रधानले निषेधाज्ञाका कारण काठमाडौंका सडकमा कैयौं मनिस भोकभोकै परेको भन्दै प्रधानमन्त्रीदेखि मन्त्री र सांसदको तलब भत्ता कटौती गरेर भएपनि उनीहरुलाई खानाको व्यवस्था गर्न माग गरेका हुन ।

‘कोरोना महामारीका कारण सबै क्षेत्र बन्द छ । दिनभर मजदुरी गरेर कमाएर परिवार पाल्नेहरुलाई यो महामारीको पीडा अन्यलाई भन्दा बढी छ । सडकमा कैयौं व्यक्ति भोकै छन । निषेधाज्ञा बढाउँने हो भने उनीहरुलाई खानाको व्यवस्था गर्न अब प्रधानमन्त्री देखि मन्त्री र हामी सांसदको समेत तलब भत्ता कटौती गरेर भएपनि खानाको व्यवस्था गरौं,’ उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सांसद प्रधानले भने ।

उपप्रधान सहित रक्षामन्त्री पोखरेललाई काठमाडौंबाट प्रतिनिधिसभा तर्फ निर्वाचित सांसदहरुको प्रतिनिधि मण्डलको टोलीले २६ बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन प्रधानको नेतृत्वमा प्रतिनिधि सभा सांसदहरु शशि श्रेष्ठ, बिन्दा पाण्डे, राजेन्द्र केसी सहितको टोली रक्षामन्त्रालय पुगेको थियो ।

ज्ञापनपत्रमा २०७६र०७७ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित गरिएको बाँकी रकम र २०७७ र०७८ को विनियोजित रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतका कर्मचारीहरुलाई सरकारले निणर्य गरेको भत्ता सुविधा यथासिघ्र उपलब्ध गराउन, कोभिड र नन कोभिड अस्पताल छुट्टाछुट्टै रुपमा तोकेर अन्य रोगका बिरामीहरुलाई समेत उपचारमा सहज वातावरण सृजना गर्न माग गरिएको छ ।

यसैगरी भृकुटी मण्डपको एक्सपो हल, महाँकालस्थित त्रिचन्द्र अस्पताल, वीर अस्पतालको नव निर्मित भवन, दरबार हाइस्कुलको नवनिर्मित भवन, त्यस्तै १० वटै निर्वाचन क्षेत्रका उपर्युक्त आवासीय स्कुल भवन छनोट गरी आइसोलेसन केन्द्र बनाउन त्यसका लागि मन्त्रीपरिषदको निणर्य परिवर्तन गरी प्रदेशलाई समेत निणर्य गर्ने अधिकार दिन माग गरिएको छ ।

यस्तै पिसिआर प्रविधिबाट हुने परिक्षण सर्वोच्च अदालतको आदेश अनुसार नै निशुल्क गर्न, हट स्पटहरुमा सेरोलोजिक टेष्ट बढाउन, मोवाइल टेष्टीङको व्यवस्था गर्न, स्वाब टेस्टको रिपोर्ट २४ घण्टामा नै दिने व्यवस्था मिलाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

लकडाउन तथा निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्व अघि मात्र आवश्यकता अनुसार कायम राख्न, तर नाकाबाट हुने आवतजावतलाई कडाइ गर्न र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउँन माग गरिएको छ ।

यस्तै अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना प्रवल रहेकाले काठमाडौंमा अवस्थित होटलहरु ६ महिनाका लागि लिजमा लिएर आवास र खानपिनको व्यवस्था गर्न, संक्रमितको उपचारका लागि सहज हुने गरी प्लाज्मा बैंकको व्यवस्था गर्ने गरी निको भइसकेका बिरामीहरुको तथ्यांक राख्न, रेमडिसिभिर नामक औषधीलाई २५ हजार नेपाली रुपैयाँ देखि ५० हजार माथीसम्म किन्नु पर्ने बाध्यात्मक अवस्था सृजना गरेको भनी गुनासो आएकाले सहज रुपमा सस्तो मुल्यमा उपलब्ध हुने गरी सरकारले नै व्यवस्था गर्न तथा औषधीमा हुदै आएको कालाबजारी नियन्त्रण गर्न माग गरिएको छ ।

यस्तै चीनमा नोभेम्वरवाट खोपको व्यापारिक उत्पादन शुरु हुने भन्ने कुरा सञ्चार माध्यमवाट वाहिर आइरहेको सन्दर्भमा खोप प्राप्तिको लागि समयमा नै कुटनीतिक पहल शुरु गर्न र कोभिड १९ को प्रभाव र अवस्थालाई अनुगमन गरी भइपरी आउँने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समितिको गठन गर्न भनिएको छ ।

ज्ञापनपत्रमा प्रतिनिधि सभा तर्फ काठमाडौंबाट निर्वाचित सांसदहरु गगन थापा, जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, दिव्यमणीराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ सहित ११ सांसदको हस्ताक्षर छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! २० घण्टा पहिले
बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ? १८ घण्टा पहिले
भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि १५ घण्टा पहिले
आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! आईपीएल २०२० मा सर्वाधिक छक्का हान्ने १० व्याट्सम्यान, धोनी र कोहली आउट ! १५ घण्टा पहिले
विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … विश्व पर्यटन दिवसका अवसरमा डुङ्गामा सरर … १५ घण्टा पहिले
सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने सनराइज बैंकमा क्युआर कोड स्क्यान गरि १० लाखसम्म झिक्न मिल्ने १४ घण्टा पहिले
बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु बसको ठक्करबाट स्कुटरमा चढेका श्रीमान, श्रीमति र छोराको मृत्यु १६ घण्टा पहिले
टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात टस हारेर व्याटिङ थालेको पञ्जाबको शानदार शुरुवात १५ घण्टा पहिले
नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ३ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले