सोमबार , असोज १२, २०७७

गण्डकी प्रदेशका १४६ प्रहरीमा संक्रमण, ६० जना कोरोना मुक्त

गण्डकी प्रदेशका १४६ प्रहरीमा संक्रमण, ६० जना कोरोना मुक्त

२२ भदौ, पोखरा । गण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६ प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना कोरोना मुक्त भई नियमित काममा फर्केको र ८६ जना हाल उपचाररत रहेको जानकारी दिए ।

सङ्क्रमण देखिएका तनहुँ, बागलुङ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, लमजुङ, म्याग्दी र मनाङका छन् । क्वारेन्टाइनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ ।

आईसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको ब्यवस्था गरिएको छ । प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाईएको छ “स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ड्यूटी निर्वाह गर्ने र सङ्क्रमित भई हालेमा अन्य प्रहरीमा फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने, काममा परिचालन गर्ने र कार्यालयगत कामकाज गर्ने ब्यवस्था मिलाएका छौ”, राणाले भने ।

सङ्क्रमणबाट प्रभावित प्रहरी कार्यालयमा कामकाजमा बाधा हुन नदिन गण, गुल्मबाट प्रहरी पठाइएको र फिर्तापश्चात कोभिड– १९ परीक्षण गरिएको छ । अति आवश्यक घरायसी समस्याले घर गएका प्रहरी कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पीसीआर परीक्षण पश्चात नेगेटिभ आए काममा लगाउने र पोजिटिभ देखिएमा आईसोलेशनमा राखिन्छ ।

कार्यालय परिसर, कोठा एवम् प्रहरी हिरासतलाई समय समयमा डिस्ईन्फेक्सन गरिएको र प्रहरीबाट तयार पारिएको कोभिड– १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम काम गरिएको छ । चुनौतीहरुको रुपमा स्वास्थ्य परीक्षण विनानै प्रहरी सीमामा र अन्य काममा खटिनुपर्ने र जघन्य अपराधमा संलग्नलाई पक्राउ एवम् नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएकालाई सङक्रमण हुने सम्भावना बढी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सर्तकता अपनाएर शान्तिसुरक्षाका लागि प्रहरी खटिएको बताए । उनले भने । “जिल्लामा नौ सय ५० हाराहारी प्रहरी छन्, ८० प्रहरी एकाइ छ, जोखिम छ, सतर्कता अपनाएर कामका खटिएका छौ ।”

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ४ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? २ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय २ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! ३ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ४ दिन पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? २ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? २ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले