शुक्रबार , असोज ९, २०७७

भ्रष्ट सरकारकै कारण कोरोना भयावह बन्यो : महामन्त्री पाण्डेय

भ्रष्ट सरकारकै कारण कोरोना भयावह बन्यो : महामन्त्री पाण्डेय

२३ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री युवराज पाण्डेयले सरकारको निरीहताका कारण कोरोना संक्रमण भयावह भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको गैरजिम्मेवारपनका कारण कोरोना महामारी भयावह हुन थालेको उनको भनाई छ ।

नेपाल बहससँगको कुराकानीमा महामन्त्री पाण्डेयले लामो समयदेखि किसान मल नपाएर पिरोलिएका बेला कृषिमन्त्री निन्द्राबाट भर्खर व्युझेजस्तो देखिएका बताएका हुन् । किसानलाई मल दिन नसक्ने सरकारले कृषि मल उत्पादन गर्ने कारखाना खोल्ने सम्भाव्यता अध्ययनमा जुटेको नाटक गर्न व्यस्त रहेको पनि महामन्त्री पाण्डेयको भनाई छ ।

यस्तै तीन बर्षदेखि रोकिएको कृषि योग्य जमीन कित्ताकाट गर्न नपाइने निर्णय सरकारले उल्टाएर माफियालाई उपहार दिएको पनि आरोप लगाए । कृषियोग्य जमीनको संरक्षण र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा ठोस अग्रसरता लिनुपर्ने भुमि व्यवस्था मन्त्रीले सहजै जमीन कित्ताकाट गर्न पाईने निर्णय गर्नु माफियाको चंगुलमा सरकार रहेको महामन्त्री पाण्डेयको भनाई छ ।

कोरोनाका कारण बालबालिकाले पढ्न नपाएका बेला शिक्षामन्त्री बेखबर रहेको र विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित गरेको पाण्डेयले बताए । स्वास्थ्य क्षेत्र, शिक्षा, कृषि, रोजगारी लगायतका क्षेत्रमा अभाव, महंगी र अनियमितता बढ्दा सरकार कानमा तेल हालेर बसेको पनि पाण्डेयले आरोप लगाए । जनताको समस्या सुन्नेभन्दा सरकार आफ्नो दुनो सोझाउनेतर्फ मात्रै केन्द्रित रहेको पनि महामन्त्री पाण्डेयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल १३ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले